
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोकिएको परीक्षा मंसिर ९ गतेदेखि हुने भएको हो ।
गत बैशाख ८ गतेदेखि हुने तय भएर कोरोनाका कारण भएको लकडाउनले गर्दा राेकिएको परीक्षाको तालिका बुधबार सार्वजनिक भएको हो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा हुने जानकारी दिएको छ ।