
धादिङमा १ जना कोरोना भाईरस सङ्क्रमतिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ५० बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो । मृतक पुरुषमा गत कात्तिक ३ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
मृतक पुरुषको मृगौलामा समस्या रहेको र उपचारको क्रममा काठमाडौमा मृत्यु भएको हो । योसगैँ जिल्लामा १२ जना कोरोना भाईरस सङ्क्रमीतको मृत्य भएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।
बुधबार थप ५ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि
धादिङमा बुधबार थप ५ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा धुनीबेशी नगरपालिकाका २ जना, नीलकण्ठ नगरपालिका थाक्रे गाउपालिकाका र सिद्धलेक गाउपालिकाकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा धुनीबेशि नगपालिका वडा नम्बर ४ का ६० बर्षीया महिला, धुनीबेशि नगपालिका वडा नम्बर ७ का ३४ बर्षीय पुरुष, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का २५ बर्षीय पुरुष, सिद्धलेक गापालिका वडा नम्बर २ का २९ बर्षिय पुरुष र थाक्रे गाउपालिका वडा नम्बर ११ का ५० बर्षिया महिला रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ९४ पुगेको छ ।