
मंसिर ३,धादिङ
जिल्ला सदरमुकाम धादिङबेशीमा आज बम फेला परेको छ । निलकण्ठ नगरपालिका वडा नं ३ स्थित निर्वाचन कार्यलयको हातभित्र आज विहान ९ बजे बम फेला परेको हो ।
निर्वाचन कार्यलय रहेको घरपेटिले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेको बताइएको छ । बम डिस्पोजल टोली गजुरीले बमलाई नियान्त्रणमा लिने प्रहरीले जानकारी दिएको छ ।