
कोरोना संक्रमणको जोखीमलाई मध्यनजर गर्दै असोज ३ गतेदेखि दैनिक ५ घण्टा मात्रै खुल्दै आएको धादिङबेशी बजार सोमबारबाट भने पूर्ण रुपमा खुल्ने भएको छ ।
सोमबार धादिङ उद्योग बाणिज्य सङ्घले एक सूचना जारी गर्दै बिहानदेखि बेलुकी ८ बजेसम्म उद्योग व्यवसाय सञ्चालन गर्न पाउने जनाएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकले यसअघि कार्तिक ३ गतेदेखि नीलकण्ठ नगरपालिका आसपासका बजारहरुमा बिहान ९ देखि ३ बजेसम्म व्यापार व्यवसाय खोल्न अनुमति दिएको थियो ।
उक्त निर्णयलाई पूनर्विचार गरी पुरै समय उद्योग व्यवसाय संचालन गर्ने व्यवस्था मिलाउन धादिङ उद्योग बाणिज्य सङ्घले गरेको अनुरोधलाई स्थानिय प्रशाशनले आत्मसाथ गर्दै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी बिहान देखी बेलुकी ८ बजेसम्म उद्योग व्यवसाय सञ्चालन गर्न पाईने धादिङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।