तस्विर : रामसिंह तामाङ

बालिकामाथि हुने बाल यौन दुव्र्यवहार, बलत्कार तथा महिलाहिंसा विरुद्धमा सचेतनाको लागि सदरमुकाम धादिङबेशीमा कालो वस्त्र पहिरिएर विरोध जनाएका छन् । ।

सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयका विद्यार्थीहरुले समाजमा हुने बालिका बलात्कार तथा महिला हिंसा विरुद्धमा आज धादिङबेशी बजारमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले शनिवार नो मिन्स नो, बालिका माथि हुने बलात्कार बन्द गर, बलात्कारीलाई सजाय दे, समाजमा हिंसा बन्द गर लगायतका प्लेकार्ड तथा ब्यानर बोकेर ¥याली निकालेका थिए ।

विद्यार्थीहरुले कालो पोशाक लगाएर, कालै मास्क, कालो पट्टी बाँधेर समाजमा हुने बलात्कारका घटनाप्रति विरोध जनाउदै पीडितलाइृ न्याय दिलाउन र पीडकलाई कारबाही गर्न माग गर्दै सचेतनामूलक नृत्य समेत गरेका थिए ।

Facebook Comments