
इण्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै उपाधी आफ्नो पोल्टोमा पारेको छ । यो मुम्बईको पाँचौँ आईपीएल उपाधि हो ।
मुम्वईले जित सँगै नगद २० करोड भारु पाएको छ भने उपविजेता दिल्लीले नगद १२ करोड भारु जितेको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पूरा गरेको हो ।
मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए ।
बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए ।
बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए ।