मंसिर ४, धादिङ ।
अन्तराष्ट्रिय बालअधिकार दिवस आज धादिङमा पनि मनाइएको छ । बाल बालिकाहरुको हक, अधिकारको सुनिश्ति गर्ने उद्देश्यले महिला तथा बालबालिका कार्यालय धादिङको सहयोगमा जिल्ला बाल कल्याण समिति धादिङले कार्यक्रमको आयोजना गरेको हो ।

दिवसको अवसरमा बालमैत्री शासन, बाल अधिकारको सम्मान विषयक माध्यमिक तहको जिल्ला स्तरीय निवन्ध लेखन प्रतियोगितामा विजय विद्यार्थीहरुलाई सम्मान सहित पुरस्कार वितरण गरिएको छ । जिल्ला शिक्षा कार्यलयको समन्वयमा जिल्ला बाल कल्याण समिती धादिङले निवन्ध प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ स्थित बागेश्वरी मा. वि का राजन सिलवाल प्रथम हुनु भएको थियो । त्यसैगरी नेत्रवती गाउँपालिका वडा नं १ स्थित निरञ्जना मा.वि का सुनिल कुमार सुनार द्धितिय र गजुरी गाउँपालिका वडा नं ५ स्थित डोलभञ्ज्याङ मा. वि कि अस्मिता वि. क तृतीय हुनु भएको छ ।

निवन्ध प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई क्रमशः नगद रु ५ हजार, ४ हजार र ३ हजार सहित प्रमाणपत्र द्धारा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा जिल्लाभरका १५० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालअधिकार के हो ?, यसरलाई कसरी संरक्षण गर्नु पर्छ ? भन्ने विषयमा विजयी विद्यार्थीहरुले आ–आफ्नो धारण राखेका थिए ।

त्यसैगरी बालबालिकाको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारको विषयमा पनि कार्यक्रममा छलफल भएको थियो ।

Facebook Comments