धादिङ अस्पतालले विहिबारबाट मुटुको धड्कनमा भएको गडबडी पत्ता लगाई उपचार गर्ने सेवा सुचारु गरेको छ ।

मेडिकल उपकरण -Automatic External Difibrilator) बाट मुटुको गडबडी, सोडियम  पोटासियम एनालाईजरबाट सोडियम र पोटासियमको जांच सेवा तथा Coagualometer Analyser  बाट रगत जम्ने प्रक्रियाको जांच सेवा शुरु गरेको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो ।

अस्पताल सुदृढीकरण कार्यक्रम अन्तरगत अस्पतालले यि उपकरणहरु खरिद गरेको हो ।

Facebook Comments