विभिन्न कारणले विचैमा विद्यालय छाडेका र छाड्ने सम्भावना भएका धादिङका १० विद्यालयहरुका ७ सय ६० जना अति विपन्न छात्र/छात्राहरुलाई व्याक टु स्कुल किट सामग्री वितरण गरिएको छ ।

विभिन्न कारणले विचैमा विद्यालय छाडेका र छाड्ने सम्भावना भएका धादिङका १० विद्यालयहरुका ७ सय ६० जना अति विपन्न छात्र÷छात्राहरुलाई व्याक टु स्कुल किट सामग्री वितरण गरिएको छ ।

डिएफ आईडि को आर्थिक सहयोग तथा भि.एस.ओ नेपाल सँगको साझेदारीमा आसमान नेपालद्धारा संचालित बहिनी शिक्षाका लागी दिदीकार्यक्रम भाग २ अन्तर्गत सो सामग्री धादिङको बेनिघाट रोराङ गाउँपालिकाका राष्ट्रिय मा.वि, राष्ट्रिय आ.वि, गोईराङ आ.वि, शंखादेवि मा.वि, सिद्धलेक गाउँपालिकाका अकलादेवि मा.वि, पञ्चमुखि मा.वि, कालिदेवि मा.वि, गगाँजमुना गाउँपालिकाका बसेरी मा.वि, शिवालयमा.विर निलकन्ठ नगरपालिकाको कर्णेश्वर मा.विका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

नेपाल सरकारले तयार पारेको विभिन्न स्वअध्ययन सामग्रीहरुलाई पुनप्रकाशन गरि कक्षा ७ र ८ का छात्र/छात्राहरुलाई क्रमश: २ सय १६ र २ सय ३३ थान वितरण गरिएको आसमान नेपाल धादिङका जिल्ला संयोजक सुनिल केसीले जानकारी दिनुभयो । त्यसैगरी लामो समय देखि शैक्षिक क्षेत्रमा परेको प्रभावलाई कम गर्न तथा बालबालिकाहरुको सिर्जनात्मक क्षमताको विकास गर्नका लागि गान्धीको जिवनी, द्धन्द्धको कथा, निवन्धका पुस्तकहरु, र अग्रेँजी व्याकरण गरी १ सय ५५ थान वितरण गरिएको केसीले जानकारी दिनुभयो ।

आसमान नेपाल र व्रिटिस काउन्सिल द्धारा संचालित इडिजिइ समुहका सदस्यहरुलाई समेत २५५थान स्वअध्ययन सामग्रीहरु वितरण गरिएको छ । कोभिड १९ लगायत अन्य कारणले बालबालिकाहरुले विचैमा विद्यालय छाड्नु नपरोस र यी सामग्रीहरुले सहायता पुग्ने अपेक्षा सहित सामग्री वितरण गरिएको आसमान नेपाल धादिङका कार्यक्रम सयोँजक सत्यालले जानकारी दिनुभयोे । स्वअध्ययन लगायतका अन्य शैक्षिक सामग्री पाएसगैँ आर्थिक रुपले विपन्न विद्यार्थीहरुलाई विचैमा विद्यालय छाड्नुपर्ने बाध्यतासमेत टरेको पञ्चमुखी मा.वि मैदानका प्रधान्यापक महेश कुमार श्रेष्ठले बताउनुभयो ।

Facebook Comments