सदरमुकाम धादिङबेशिमा रहेको जिल्लाकै एक मात्र क्युएए प्राप्त नीलकण्ठ बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा आगामी बर्षका लागि बजेट, गत आर्थिक बर्षको लेखा प्रतिवेदन, आगामी रणनीतीको बारेमा छलफल गरीएको नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा क्याम्पस संञ्चालक समितिका अध्यक्ष पदमा शम्भु कुमार श्रेष्ठ चयन हुनुभएको छ । पुर्व संञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएसगैँ श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो । हाल संञ्चालक समितिमा ६७ जना सदस्य रहेका छन् । कार्यक्रममा संञ्चालक समितिका पुर्व अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षता रहेको थियो ।

Facebook Comments