ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालले सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग सम्बन्धी धादिङका सरकारी कार्यलयहरुसँग मंगलबार छलफल गरिएको छ ।

भुकम्प पछिको पुननिर्माण र पुनःस्थापनामा सदाचार अपनाऔं कार्यक्रम अन्तरगत छलफल गरिएको हो । कार्यक्रममा सरकारी कार्यालयहरुमा हुने गुनासो पेटिका, सुचना पार्टी, सुचना अधिकारी, आईसिसि सामाग्री प्रकाशन, सार्वजनिक सुनुवाई, संञ्चार माध्यममा प्रचार प्रसार, निर्माण स्थलमा राख्ने होर्डिङबोर्ड लगायतका विषयमा छलफल गरिएको थियो ।

ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालले गत असारमा धादिङका सरकारी कार्यालयहरुले सामाजिक जवाफदेहिताका औजार प्रयोग भएनभएको विषयमा अवलोकन गरेको थियो । सोही अबलोकनबाट आएको नतिजालाई ट्रान्सपेन्सी ईन्टरनेश्नल नेपालका धादिङ जिल्ला संयोजक सानुबाबु तिमिल्सीनाले प्रस्तुत गर्नुभएको थियो । धादिङका धेरैजसो सरकारी कार्यलयहरुले सूचना पार्टी, सुचना अधिकारी र गुनासो पेटिका राखेको भेटिएको छ । तर पछिल्लो समय गुनासो पेटिकाको प्रभावकारिता न्यून रहेको सम्बन्धीत कार्यलयका प्रमुखहरुले बताएका छन् ।

अहिले फोन र ईमेलबाटै गुनासो आउने गरेकाले गुनासो पेटिकाको प्रयोग न्यून रहेको बताएका हुन् । यस्तै निर्माण स्थलमा राखिने होडिङबोर्ड भने कम मात्रमा प्रयोग भएको पाईएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सामाजिक जवाफदेहिताका औजारहरु पूर्ण रुपमा पालना गरि छिटो, छरितो र सरल तरिकाबाट नागरिकलाई सेवा प्रदान गर्न सम्पूर्ण सरकारी कार्यलयहरुलाई अनुरोध गर्नुभयो ।

सामाजीक जवाफदेहिताका औजार प्रयोगमा केही कमि कमजोरी भए आजैदेखि सुधार गर्दै नागरिकलाई सेवा प्रवाह गर्ने बताउनुभयो । सामाजिक जवाफदेहिताको औजार सुशासनको सुचाङ्क भित्रनै पर्ने भएकाले कार्यान्वयनमा ल्याउन जोड दिनुभयो । छलफल कार्यक्रममा सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि, वडा नम्बर ३ का वडा अध्यक्ष होमनाथ रिजाल, संञ्चाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments