
नेपाल राष्ट्र बैंकले गत वर्ष नै सम्पूर्ण बैंकहरुलाई स्थानीय तहमा पुग्न निर्देशन दिएको भएपनि धादिङको २ ओटा स्थानीय तहमा अझै वाणिज्य बैंकहरु पुग्नसकेका छैनन् । धादिङको उत्तरी क्षेत्र नेत्रावती डबजोङ र रुविभ्याली गाउँपालिकामा वैंङ्क पुग्न नसकेको हो ।
वैंङ्क पुग्न नसक्दा २ ओटा गाउँपालिकाका नागरिकहरु बैंङ्कीङ सेवा लिनबाट बञ्चित छन् । गाउमा बैंक नपुग्दा भुकम्पको किस्ता, विकास निर्माणको काम सम्पन्न गरि लिनुपर्ने भुक्तानी, विदेशाबाट आफन्तले पठाएको पैसा निकाल्नको लागि २÷३ दिन लगाएर धादिङवेशीमा नै धाउन नागरिकहरु बाध्य भएका छन् । यसो हुदा सुरक्षाको जोखीम बढि हुने गरेको त्यस क्षेत्रका नागरिकहरुको गुनासो छ ।
उत्तरी धादिङको रुविभ्याली गाउँपालिकाका नागकिहरु बैङ्कीङ सेवा लिनबाट बञ्चित छन् । राष्ट्र बैंङ्कले गत वर्ष नै स्थानिय तहमा वाणिज्य बैंङ्कको शाखा कार्यालय पु¥याउन निर्देशन दिएको भएपनि रुविभ्याली गाउँपालिकामा बैंङ्क नपुग्दा स्थानियहरुलाई धादिङवेशी सम्म धाउनुपर्ने बाध्यता रहेको छ ।रुविभ्याली गाउँपालिका वडा नम्बर का विजय तामाङ बताउनुहुन्छ ।
रुविभ्याली गाउँपालिकामा राष्ट्र वैंङ्कले बैङ्क अफ काठमाण्डौलार्ई जानु भनेर निर्देशन दिएको भएपनि अझै सम्म गाउँपालिकामा नपुगेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंक नेघिले बताउनुभयो । सुरक्षाको कारण देखाउँदै बैंङक अफ काठमाण्डौंले आउन आनाकानी गरेपछि सानिमा बैंङ्क सँग एक चरणको छलफल भएको नेघिले बताउनुभयो । तर सानिमा बैंङ्क पनि जाने नजाने अहिले सम्म टुङ्गो नलागेको उहाँले बताउनुभयो । रुविभ्याली गाउँपालिकालाई धादिङ जिल्लाकै विकट भनेर चिनिन्छ । सडक सञ्जाल, विद्युत, हाई स्पिडको ईन्टरनेट सेवा लगायत वैंङ्कलाई आवश्यक पर्ने भौतिक संरचना नभएकै कारण वैंङ्क पुग्न चुनौतीपूर्ण रहेको प्रमुख प्रशासकिय अधिकृत नेघि बताउनुहुन्छ ।
नेत्रावती डबजोङ गाउँपालिकामा भने अब छिट्टै नै बैंकीङ सेवा सुरुवात हुने भएको छ । नेत्रावती डबजोङ गाउँपालिकामा नेपाल राष्ट्र बैंङ्कले ईन्भेष्टमेन्ट बैंङ्कलाई अख्तियारी प्रदान गरेको थियो । तर ईन्भेष्टमेन्ट बैंङ्क नपुगेपछि अहिले राष्ट्रिय बाणिज्य बैंङ्ले सेवा प्रदान गर्न लागेको नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्यले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा सम्पूर्ण स्थानीय तहमा शाखा कार्यालय पु¥याउन निर्देशन दिएको थियो । सहर केन्द्रित बैंकिङ सेवालाई गाउँ–गाउँमा पु¥याउने उद्देश्यले राष्ट्र वैंङकले यस्तो कदम चालेपनि धादिङको नेत्रावती र रुविभ्याली गाउँपालिकका नागरिकहरु अझै बैंङ्कीङ सेवा लिनबाट बञ्चित छन् । धादिङमा ४८ भन्दा बढि वैंङक तथा वित्तिय संस्थाहरु रहेका छ् ।