प्रतिनिधिसभा विघटन विरुद्धमा देशभक्त युवा धादिङले सोमबार प्रेस विज्ञप्तीमार्फत संसद विघटन खारेज गर्न आग्रह गरेको छ ।

१० बर्षे महान जनयुद्ध र १९ दिने जन आन्दोलनबाट १७ हजार युवाको बलिदानबाट ल्याएको गणतन्त्रलाइ प्रधानमन्त्रि केपी शर्मा ओलीको संसद विघटन पत्रप्रति धादिङ देशभक्त युवा संगठन घोर विरोध र भत्सना गर्दछ,  देशभक्त युवा धादिङका संयोजक चेरोङ तामाङद्धारा हस्ताक्षरीत पे्रस विज्ञप्तीमा उल्लेख छ ।

संसद विघटनले देशको युवाप्रति प्रश्न खडा गरी युवा वर्गमाथी ऋणको भारी माथी भारी बोकाइ देशलाइ गरिव उन्मुख गर्ने केपी ओलीको योजना रहेको देशभक्त युवा धादिङले ठहर गरेको छ । देशका समपूर्ण राजनिति दलहरुलाइ देश र जनताको पक्षमा उभिई संसद विघटनलाई खारेज गर्न देशभक्त युवा धादिङले आग्रह गरेको छ ।

संसद विघटनले नेपाल कम्युनिष्ट मात्र नभइ ठुला सबै दल भुमरीको जालमा परि देश  र जनताप्रति सकारात्मक नभएको देशभक्त युवा धादिङले निष्कर्ष निकालेको छ । साथै आउने दिनमा देशको सबै युवाहरु एक भई सर्वसत्ताबादको प्रतिकारमा उभिन देशभक्त युवा धादिङले प्रेस विज्ञप्तीमार्फत आह्वान गरेको छ ।

Facebook Comments