धादिङमा मंगलबार थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुने चारै जना गल्छी गाउपालिकाको रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । मंगलबार संक्रमण पुष्टि हुनेमा गल्छी गाउपालिका वडा नम्वर १ का ३ जना महिला र वडा नम्व्र ६ का १ जना पुरुष गरेकोे स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

यो सगै जिल्लामा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १५ सय १३ जना पुगेको छ ।

Facebook Comments