सदरमुकाम धादिङबेशीमा जिल्ला स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता प्रथम मेयर कप २०७७ भोलि बिहीबारबाट सुरु हुदैछ ।

भोलिबाट सुरु हुने प्रतियोगिताको लागि सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था धादिङ जिल्ला ब्याडमिन्टन संघ धादिङले जानकारी दिएको छ । प्रतियोगिताको तयारी अन्तर्गत खेलाडी नाम दर्ता, खेल्ने कोर्ट निर्माणको काम सम्पन्न भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

महिला र पुरुषतर्फको छुट्टाछुट्टै हुने व्याडमिन्टन प्रतियोगितामा   १४ जना महिला र १ सय ५१ पुरुषको गरि १ सय ६५ जनाले टिम दर्ता गराएको आयोजक संस्थाका अध्यक्ष विष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

भोलिबाट सुरु हुने मेयर कप २०७७ को  भोलि बिहान ९ बजे निलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुङ्गानाले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । धादिङ जिल्ला व्याटमिन्टन संघले संस्थागत रुपमै आयोजना गरेको यो व्याडमिन्टन प्रतियोगिता पहिलो पटक हो ।

स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरि राष्टिय स्तरको खेलाडी उप्पादन गर्ने उद्देश्यले संघले व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको संघका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताउनुभयो ।

संघले ब्याडमिन्टन खेलप्रति रुचि राख्ने खेलाडीहरुलाई समय समयमा प्रशिक्षण समेत दिने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अहिले सदरमुकामा धादिङबेशीमा कडर्भ हलको समेत व्यवस्था भइसकेकोले खेलाडीहरुलाई खेलकुदमा अघि बढ्न सेवा पुगेको श्रेष्ठले बताउनुभयो । अझ पछिल्लो समय ब्याडमिन्टन खेल्नको लागि मात्र छुट्टै भवन निर्माणको चरणमा रहेको समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Facebook Comments