
धादिङको गजुरी गाउँपालिकाको गजुरी बजारमा शुक्रबार बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
युवा रेडक्रस सर्कल आदर्श बहुमुखी क्याम्पसको आयोजनामा गजुरी सामुदायिक विकास समाज, लायन्स क्लव अफ गजुरीको सहयोग तथा नेपाल रेडक्रस धादिङ शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा ५२ जना पुरुष र २६ जना महिला गरि ७६ जनाले रगतदान गरेको रेडक्रस धादिङका उपमन्त्री एवं समाजसेवी नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।