
चिसो दिन प्रतिदिन बढ्दो छ । चिसो मौससमा वालवालिका, वृद्धवृद्धा तथा सुत्केरी महिलाहरु बढि जोखीममा पर्ने गर्दछन् । गर्मीको तुलनामा जाडो समयमा संक्रामक रोग फैलने प्रकोप तीव्र हुने हुदाँ विशेषगरि आफ्ना वालवालिकालाई रोग लाग्नबाट र चिसोबाट जोगाउन स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।
चिसो मौसममा निमोनिया, रुघा–खोकी, ज्वरो, चिसोको एलर्जी, इन्फ्लुएंजा, श्वासको समस्या, सिगान बग्ने रोग, छाला फुट्ने, नाक, कान घाँटीको संक्रमण जस्ता समस्याहरु देखिन सक्ने जिल्ला अस्पताल धादिङका मेडिकल सुपरीटेन्डेन्ट डा.त्रिभुवन झाले बताउनुभयो ।
जाडो मौसममा ग्याँस गिजर प्रयोग गर्ने, बन्द कोठामा आगो बाल्ने जस्ता क्रियाकलाप नगर्न पनि डा. झाको सुझाव छ । विशेषगरी मुटुरोगीहरुले उच्च सावधानी अपनाउनुपर्ने डा. झाले बताउनुभयो ।
चिसो मौसममा कोरोना संक्रमणको दर पनि वृद्धि हुने चिकित्सकहरुले बताउँदै आएका छन् । जाडो मोसममा सामुहिक रुपमा आगो तापेर बस्ने, एउटै कोठामा धेरै जना बस्ने गर्नाले कोरोनाको जोखीम उच्च हुने भएकाले उच्च सावधानी अपनाउनुपर्ने जिल्ला अस्पताल धादिङका मेडिकल सुपरीटेन्डेन्ट डा.त्रिभुवनचन्द्र झाले बताउनुभयो ।
विदेशमा कोरोनाको अर्काे नयाँ प्रकारको भाईरस पनि देखिसकेकाले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न अनुरोध गर्नुभयो ।