निलकण्ठ नगरपालिका वडा न – १३ भद्रगाउका २५ जना बालबालिकालाई आईतबार न्यानो कपडा बितरण गरिएको छ ।
काठमाडौमा रहेर पर्यटन ब्याबसायमा आबद्ध रहेका तेन्जेन गुरुङ र उनका साथीको आर्थिक सहयोग, हिम्स नेपाल र इसाई स्वयमसेवक सञ्जाल (सिभिएन) धादिङको समन्वयमा २५ जना बालबालिका तथा वृद्ध वृद्दालाई न्यानो कपडा स्वेटर र टोपी बितरण गरिएको हिम्स नेपालका कार्यकारी निर्देशक शेर बहादुर तामाङ (शिलास)ले जानकारी दिनु भयो ।
.jpg)
यो जाडोको समयमा न्यानो कपडा लगाउन पाउँदा स्थानिय बालबालिका पनि खुशी भएका छन् । भुकम्प पछि लापा र सेर्तुङ्बाट विस्थापित भएका केही भुकम्प प्रभावित निलकण्ठ नगरपालिका १३ भद्रगाउँमा बस्दै आएका छन् । भुकम्पपछि आफ्नो गाउबाट विस्थापित भएपछि अधिकाशँ युवाहरु रोजगारीका लागी विदेश पलायन भएका छन् ।
जाडोको यो समयमा आर्थिक अवस्था कमजोर रहेका २५ जना बालबालिका र वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्न पाउँदा खुशीलागेको शिलास तामाङले बताउनुभयो । यस अघि हिम्स नेपालले आवास निर्माण र स्थानिय स्तरमा स्वरोजगारका लागी समेत सहयोग गरेको स्थानिय युनिक तामाङले बताउनुभयो । भुकम्प पछि विस्थापितभएर आएपछि आवासको व्यावस्था भएपनि हाल बस्तीमा खानेपानीको चरम समस्या रहेको तामाङले बताउनुभयो ।
.jpg)
खानेपानी कै लागी घर देखीनिकै तलजानु पर्दा बालबालिकाको पढाई पनि प्रभावितभएको स्थानिय शान्ति तामाङले बताउनुभयो । खानेपानीको व्यावस्थापनको लागी सरोकारवाला निकायले पहल गर्दिए विस्थापित भएर आएका परिवारलाई राहत पुग्ने तामाङले बताउनुभयो ।