आशिका फाउण्डेशनले धादिङको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विपन्न तथा गरिब विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको आशिका फाउण्डेशनकी अध्यक्ष आशिका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

फाउण्डेशनले धादिङको रुविभ्याली गाउँपालिकाको वडा नम्बर ३ मा रहेको खार्शागाउँ आधारभूत विद्यालयका १ सय २ जना, वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ मा रहेको धैराङ आधारभूत विद्यालयका १ सय २७ जना, प्रजा आधारभूत विद्यालयका १ सय ३५ जनालाई कपडा वितरण गरिसकेको छ ।

यस्तै धादिङको धुनीबेशी नगरपालिका वडा नम्बर ७ थलिमा रहेको चण्डीदेबि र गुरुदुम आधारभुत विद्यालयका ३८ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । आशिका फाउन्डेसनको पहलमा देश तथा विदेशमा बस्ने नेपालीहरुबाट आर्थिक संकलन गरी वालवालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको फाउण्डेशनकी अध्यक्ष आशिका तामाङले फेसबुक मार्फत जानकारी दिनुभएको छ । फाउण्डेशनले धादिङसहित मकवानपुर, गुल्मी, रसुवालगायतका जिल्लामा पनि न्यानो कपडा वितरण अभियान सञ्चालन गरिरेहेको छ ।

Facebook Comments