जिल्ला निर्वाचन कार्यालय धादिङले माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ ।

निर्वाचन आयोगले देशैभरका सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमअनुसार धादिङ जिल्लामा पनि माघ १५ गते विहिबारदेखि कार्यक्रम संचालन गर्न लागेको जिल्ला निर्वाचन कार्यालय धादिङले सुचना जारी गर्दै जानकारी दिएको हो ।

अद्यावधिक कार्यक्रमअन्तर्गत विहिबार १५ गते धादिङका सबै नगरपालिका तथा गाउपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै माघ १६ गतेदेखि १८ गतेसम्म मतदाता नामावलीमा रहेको नाम वा विवरणमा त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि निवेदन दिन सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै कसैले झुठा विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ गते उजुरी दिन सकिने कार्यालयले जनाएको छ ।

Facebook Comments