धादिङमा बुधबार थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा गल्छी गाउपालिकाका ३ जना र गजुरी गाउपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा गल्छी गाउपालिका वडा नम्बर १ का ३३ बर्षका पुरुष, गल्छी गाउपालिका वडा नम्बर ६ का ४४ बर्षका पुरुष, गल्छी गाउपालिका वडा नम्बर ४ का ३८ बर्षका पुरुष र गजुरी गाउपालिका वडा नम्बर ७ का ३३ बर्षका महिला रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १५ सय ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ०६९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ ।

Facebook Comments