
सत्ता र शक्तीको पछि लाग्नेहरु आँफै विलय भएर जाने नेपाल कम्यूनिष्ट पाटी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले बताउनुभएको छ । सत्ता र शक्तीमा होईन सत्यको पक्षमा लाग्नुपर्ने भन्दै नेता भट्टराईले वर्षाैवर्षदेखि नेपाली जनताको वलिदानीबाट प्राप्त भएको संविधान र प्रतिनिधि सभाको पक्षमा उभिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री केपि शर्मा ओलीले सत्ता र शक्तीको आडमा संसद विघटन गरेको नेता भट्टराईको टिप्पणी थियो । केही मान्छेहरु मन्त्री पदकै लागि टोपी खोलेर ओलीको पछि लागेको देख्दा लाज लागेको समेत बताउनुभयो । शुक्रबार नेपाल कम्यूनिष्ट पार्टी नेकपा जिल्ला संगठन कमिटि धादिङले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्रीले सत्ता र शक्तीको आडमा संसद विघटन गरेको नेता भट्टराईको टिप्पणी थियो । केपि शर्मा ओलीको यो गल्तीलाई ईतिहासले कहिल्यै पनि माफी नगर्ने बताउनुभयो । शुक्रबार ओली पक्षले नारायणहिटि अगाडी गरेको वृहत सभालाई इंकित गर्दै भट्टराईले राजा जसरी नै केपि शर्मा ओलीको ईतिहास पनि नारायणहिटिबाटै अवसान हुने बताउनुभयो ।
केपी ओलीको जस्तो भौतिक दर्शन आफुहरुले नमान्ने भन्दै नेता भट्टराईले नेपाल कम्यूनिष्ट पार्टीले सदैव शान्तीको पक्षमा र समानताको पक्षमा उभिने बताउनुभयो । त्यसैले नेपाल कम्यूनिष्ट पार्टीको आधिकारिता प्रचण्ड नेपाल पक्षको भएकाले एकताबाट भाग्ने भगौडा केपि शर्मा ओलीले सूर्य चिन्हमा आँखा लाउने कुनै नैतिक अधिकार नभएको समेत बताउनुभयो ।
प्रधानमन्त्रीले ऐतिहासिक जनक्रान्ती, शसस्त्र जनयुद्धबाट प्राप्त भएका राजनितिक उपलब्धीलाई संविधानलाई अन्त्य गर्दै मुलुकलाई प्रतिगमनको दिशातर्फ अगाडी बढाउने कुचेष्टाको विरोधमा सबै नेपाली जनताले सडकबाट आवाज उठाउनुपर्ने बताउनुभयो । राजाहरुको अर्काे अवतारको रुपमा केपि ओली देखा परेको भन्दै जनआन्दोलनका योद्धाहरुलाई समात्ने थुन्ने मण्डले र पूर्वपञ्चहरु केपि ओलीको पछि लागेको देख्दा अत्यन्तै घिन लागेको बताउनुभयो ।
शुक्रबारको विरोध सभामा नेकपाका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पुछारबजारबाट बाजागाजा सहित सुरु भएको ¥याली विचबजारमा पुगी कोणसभामा परिणत भएको थियो ।