
प्रधानमन्त्री केपि शर्मा आलिले संविधानको मर्म नबुझेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ । नेपाली काँग्रेस धादिङले प्रतिनिधिसभा विघटनको विरुद्धमा सदरमकाुम धादिङबेशीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्रीले संविधानको मर्म नबुझेको र सत्ताको उन्मादले विवेक शुन्य भएको पौडेलले बताउनुभएका हो ।
विगत ३ वर्षदेखि नेपाली कांग्रेस विकासलाई साथ दिने र बाटो विराउँदा खवरदारी गर्दै आएको पार्टी भएको पौडेलले बताउनुभयो । तर अहिले कम्युनिष्ट पार्टीको सरकारले बाटो विराएर मुलुक नै डुबाउन लागेपछि कांग्रेस मुलुक जोगाउन लागेको बताउनुभयो ।
पौडेलले संसद विघटनलाई राष्ट्रघात, जनघात र वितण्डाको संज्ञा दिदै प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपती कहाँ लैजाँदै गर्दा आफुले राष्ट्रपतीलाई गैरसंवैधानिक कदम नगर्न अनुरोध गर्दा राष्ट्रपतीले सुन्ने काम नगरेको पौडेलले बताउनुभयो । यसअघि पनि पटकपटक संसद विघटन हुँदा देशले ठूलो क्षति व्यहोर्नु परेको भन्दै पौडेलले यसैलाई हेरेर अहिलेको संविधानमा संसद विघटन गर्ने कुनै प्रावधान नरहेको बताउनुभयो । नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन संविधानसभा मार्फत नयाँ संविधान बनाएकोले यसको रक्षा नेपाली कांग्रेसले नै गर्ने समेत बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् महिला नेत्री कमला पन्तले नेपालको संविधान २०७२ मा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै प्रावधान नभएको बताउनुभयो । नेपाली कांग्रेस पार्टीमा अहिलेको विषम परिस्थितिमा फरक मत छैन, कहिं कसैले व्यक्तिगत विचार राख्नेक्रममा फरक मत राखेका होलान् तर सिंगो पार्टीको निर्णय अहिलेको कदम असंवैधानिक नै हो भन्ने ठहर गरेको छ र त्यसै अनुरुप विरोधका कार्यक्रमहरु भैरहेको पन्तले बताउनुभयो । सर्वाेच्च अदालतलाई कानुनको व्याख्य गर्ने अधिकार भएता पनि राजनिति गर्ने अधिकार नभएको पन्तको भनाई थियो ।
काँग्रेसको विरोध प्रदर्शनमा धादिङ जिल्ला सभापति रमेश धमला, पूर्व सभापति रामनाथ अधिकारी लगायत जिल्लाका भातृ संघसंगठनका प्रमुख एवम् प्रतिनिधिहरु, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । विरोध प्रदर्शनअन्तर्गत धादिङबेशी पुछारबजारबाट विभिन्न झाँकीसहित निकालेको ¥यालीले बजार परिक्रमा गर्दै खुला मञ्चमा पुगी कोण सभामा परिणत भएको थियो ।
सभामा काँग्रेसका वरिष्ठ नृेता रामचन्द्र पौडेल, महिदा नेतृ कमला पन्त लगायत जिल्ला सभापति रमेश धमला लगायतले सम्बोधन गरेका थिए । नेपाली काँग्रेसले पटक पटक सरकारको असंवैधानिक कदम सच्याउन दबाब दिन चरणवद्ध विरोधका कार्यक्रमहरु गरिरहेका छन् । देश संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कुरामा अघि बढिरहेको अवस्थामा जनताको जनभावना विपरित संविधानको अपव्याख्या गर्ने गरि गतिविधि संचालन भइरहेको भन्दै यसबारे आम नागरिकलाई सचेत गराउन र सरकारको कदम सच्याउन दबाब दिने उद्देश्यले नेपाली काँग्रेसले विरोधको कार्यक्रमलाई निरन्तरता दिदै लागेको नेपाली काँग्रेस धादिङका सभापति धमलाले जानकारी दिनुभयो ।