
गंगाजमुना गाउँपालिकाको कृषि समाग्रीमा भ्रष्टचार र ईन्जिनियर घुस सहित पक्राउ परेपछि स्थायिनहरु आक्रोसित बनेका छन् । गंगाजमुना गाउँपालिकाकी ईन्जिनियर पुजा कार्कीलाई ९५ हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयागले पक्राउ गरेपछि स्थानियहरुले अन्य क्षेत्रमा पनि भ्रष्टाचार भएको हुनसक्ने भन्दै आक्रोसित बनेका हुन् ।
विभिन्न सञ्चार माध्यमहरुले यस अघि गाउँपालिकाको कृषि सामाग्री खरिदमा भ्रष्टचार भएको विषयमा समाचार प्रकाशन प्रशारण गरेको थियो । विभिन्न मिडियामा आएको समाचारलाई आधारमानी स्थानियले गाउँपालिकामा निवदेन दिएका थिए । निवेदन पश्चात गाउँपालिकाले बनाएको छानविन समितिमा चित्त नबुझेपछि स्थानियहरुले गाउँपालिकामा ताला लगाईदिएका छन् ।
जनताको सेवाका लागि बसेका जनप्रतिनिधिहरु नै भ्रष्टचार र घुस खानमा लिप्त भएपछि स्थानियहरु एकजुट भएकोे स्थानिय समाजसेवी सम्भु सिंखडाले बताउनुभयो । गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले आफ्ना आफन्तलाई गाउँपालिकामा भर्ती गराउने, गाउँपालिकाको कामकाज पारदर्शी नभएको र भ्रष्टचार र घुस लेनदेनका क्रियाकलाप गाउँपालिकामा वृद्धि हुँदै गएका कारण स्थानिय यूवाहरु गाउँपालिकाका जनप्रतिनिधिहरुलाई खबरदारी गर्न एकजुट भएको सिंखडाले बताउनुभयो ।
समाजसेवी सम्भु सिंखडाको नेतृवमा गाउँपालिकाको प्रशासन, लेखा शाखामा बुधबार ताला समेत लगाईदिएका छन् । अन्य शिर्षक र क्षेत्रमा पनि भ्रष्टचार भएका होलान्, यि चोरहरुले रातारात विलहरु तलमाथी गर्न सक्छन् भनेर ताला लगाएका हौं सिंखडाले भन्नुभयो । स्थानिय प्रहरी प्रशासनलाई साक्षी राखेर ताला लगाएका छौं, भ्रष्टचार र घुसका विषयमा गाउँपालिकाका अध्यक्ष लगायतले जवाफ नदिएसम्म ताला नखोल्ने स्थानियले बताएका छन् ।
किसानहरुको लागि लक्षित गरी अनुदानमा आएको हाते ट्याक्टर तथा कृषि औजार सामग्रीमा गाउँपालिका अध्यक्षकै संलग्नतामा हिनामिना भएको स्थानियभएको आरोप छ । गाउँपालिकाले किसानहरुको लागि अनुदानमा ल्याएको कृषि सामग्री मुना मेट फर्म पाटन ललितपुरबाट अजबउ अगततभच धष्तज ५ र जयचक उयधमभल mयततभच गरी ६ सेट ४९८०० का दरले खरिद गरेको बिलमा उल्लेख गरिएको छ । अनुदानमा ल्याएको उक्त सामग्री यति ठुलो खर्च गरी कसरी ल्याएको भन्दै स्थानियहरुले गाउँपालिकासँग जवाफ मागिरहेको छ ।