सदरमुकाम धादिङबेशिमा मानव बेचबिखन र बाल संरक्षण सम्बन्धी सञ्चारकर्मीहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा विद्यमान मानव बेचबिखन र बाल संरक्षणको विषयमा स्थानिय सरकारले पिडित र प्रभावित समुदाय प्रति निर्वाह गर्नु पर्ने जवाफदेहितालाई आम सञ्चार माध्यामले खेल्ने सक्ने भुमीकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र काठमाडौले आयोजना गरेको कार्यक्रममा मानव बेचविखन तथा ओसारपसारका अर्थ, अवधारणा, नियन्त्रण, अन्तराष्ट्रिय मापदण्डको बारेमा जानकारी गराईको थियो । यस्तै लागु औषध, अपहरण, हातहतियार, मानव बेचविखन, बाल संरक्षणसम्बन्धी मुलभुत अवधारणा, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन व्यवस्था, पारस्परीक सम्बन्ध, नेपालको अन्तराष्ट्रिय दायित्व, स्थानिय सरकारको जिम्मेवारीको बिषयमा छलफल भएको थियो ।

आम सञ्चार माध्यममा बाल संरक्षणका सवालका विषय, रिपोटिङको महत्व, समस्या तथा रोकथामको बारेमा पनि सहभागीहरुलाई जानकारी गराईएको थियो । सबैभन्दा महिला र बालबालिका बढि जोखिममा पर्ने गरेको कार्यक्रमका सहभागीहरुले बताएका थिए । कार्यक्रममा छलफल भएका विषयवस्तुमाथी राममणी गौतम, कपिल अर्याल र केशव दुवाडिले सहजीकरण गर्नु भएको थियो ।

Facebook Comments