धादिङ जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा धादिङ समाज धादिङ नीलकण्ठ र त्रीपुरासुन्दरी क्रिकेट क्लव फाइनलमा पुगेका छन् ।

आईतबार भएको सेमी फाईलनमा मलेखु क्रिकेट क्लवलाई हराउँदै त्रीपुरासुन्दरी क्रिकेट क्लव फाइनलमा पुगेको हो, भने विशालज्योती युवा क्लवलाई हराउँदै धादिङ समाज धादिङ नीलकण्ठ फाइनलमा पुगेको हो । फाईनल खेल सोमबार दिउँसो १२ बजे देखि सुरु हुनेछ ।

धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले चन्द्रोदय मावि विशालटारको आयोजनामा फागुन ७ गते देखि सुरु भएको प्रतियोगिताको विजयी समूहले नगद २५ हजार शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने द्धितिय र तृतिय हुने समूहले क्रमश १५ हजार मेडल र प्रमाण पत्र र ५ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट व्याट्यास म्यानले नगद ५ हजार प्राप्त गर्ने छन् भने खेल अवधिभरको उत्कृष्ट खेलाडीले नगद ५ हजारको साथमा प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Facebook Comments