धादिङ जिल्ला स्तरिय टि–२० क्रिकेट प्रतियोगीताको उपाधि धादिङ समाज धादिङ निलकण्ठले जितेको छ । त्रिपुरासुन्दरी क्रिकेट क्लवलाई ८ विकेटले हराउँदै धादिङ समाज धादिङले उपाधी जित्न सफल भएको हो ।

धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले धादिङको वेनिघाटरोराङ गाउँपालिकाको चन्द्रोदय माध्यमिक विद्यालय स्थित विशालटारको खेल मैदानमा फागुन ७ गते देखि क्रिकेट प्रतियोगीता सञ्चालन भएको हो । त्रिपुरासुन्दरीले दिएको ११० रनको लक्ष्यलाई पछ्याएको धादिङ समाज धादिङले मात्र २ विकेटको क्षतीमा जित हात पारेको हो ।

जित सँगै धादिङ समाज धादिङले नगद २५ हजार, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता त्रिपुरासुन्दरी क्रिकेट क्लवले नगद १५ हजार शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उत्कृष्ट व्याट्स म्यान र उत्कृष्ट बलर तथा खेल अवधिभर उत्कृष्ट खेल्ने खेलाडीलाई पनि जनही नगद ५ हजार र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताबाट उत्कृष्ट १५ खेलाडीले चितवन क्यानसँग समन्वय गरेर चितवन र धादिङबीच गौतम बुद्ध रंगशालामा मैत्रीपूर्ण खेल खेल्न पाउने छन् ।

Facebook Comments