जिल्ला समन्वय समिति धादिङको आयोजनामा यहि फागुन २१ गतेदेखि अन्तर पालिका स्तरीय फुटबल प्रतियोगीता हुने भएको छ । प्रतीयोगीताको समुद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार शिलवालले गर्ने आयोजकले जनाएको छ । धादिङ जिल्लामा रहेको १३ वटै स्थानीय तहका फुटबल टीमहरुको बीचमा नकआउट सिस्टममा खेल संचालन गरिने छ ।

प्रतीयोगीतामा प्रथम हुने टिमलाई प्रथम पुरस्कार स्वरुप नगद रु. १ लाख, द्धितिय पुरस्कार रु.५० हजार, तृतिय पुरस्कार रु.२० हजार र सान्त्वना पुरस्कार रु.१० हजार सहित शिल्ड र प्रमाणपत्रद्धारा सम्मान गरिने आयोकले जनाएको छ ।

खेलकुदको माध्यमबाट युवा पुस्तालाइ प्रोत्साहन गर्नुका साथै आन्तरीक पर्यटनको क्षेत्रलाइ विकास,प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ खाल्टे पात्लेमा अन्तर पालिका स्तरीय खेलको आयोजना गरिएको जिल्ला समन्वय समिति धादिङले जनाएको छ ।

जिल्ला समन्वय समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिका वडा नम्बर १ मा रहेको बुद्धभूमी युवा समाजको स्थानीय व्यवस्थापनमा पात्ले खेल मैदानमा अन्तर पालिका स्तरीय फुटबल प्रतियोगीता आयोजना हुने भएको हो ।

Facebook Comments