रुबिभ्याली र आसपासका क्षेत्रलाई पर्यटन बिकासका लागि विशेष  प्राथमिकतामा राखिएको बागमति प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामेश्वर फुँयालले बताउनु भएको छ ।

खनियाबास गाउपालिका वडा नम्बर ३ स्थित डुन्डुरे पुलको उद्घाटन गर्दै मन्त्री फुँयालले यस्तो बताउनुभएको हो । पुल उद्घाटनसँगै मेन्दोमाया गितमा स्थानिय सङै नाच्दै मन्त्री फुयालले खनियाबास गाउपालिका बहुजातीय, बहुसास्कृतिक रुपमा धनि रहेको बताउनु भयो । त्यसै गरि खनियाबासमा बर्सेनि हुने पहिरोको घटना रोक्न छिट्टै  विशेष भुगर्भ बिद सहितको टोलि गठन गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारिले राजनीतिमा लागेपछि आफ्नो ठाउको बिकास र जनताको सेवामा सधै समर्पित हुन स्थानीय सबै दलका प्रतिनिधिहरुलाइ आग्रह गर्नुभयो । त्यसै गरि कार्यक्रमका विशेष अतिथी समेत रहनु भएका संविधान सभा सदस्य धन बहादुर घलेले दार्खाको केराबारीमा बर्सेनि गईरहने पहिरो रोकथामका लागि आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । त्यसै गरि डुन्डुरे खोला पुल जस्तै लिस्ने खोला र किम्ताङ खोलामा पनि पक्की पुलका लागि आफुले पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिब सञ्जिज बरालले साङकोष तिप्लिङ सडक स्तरउन्नतीको लागि मन्त्रालय सकारात्मक रहेको बताउनु भयो । साबिकको दार्खा र झार्लाङ गाबिस जोड्ने मोटरेबल पक्की पुलको मंगलबार एक कार्यक्रमका बिच बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामेश्वर फुयालले उद्घाटन गर्नु भएको हो । करिब चार करोड ७४ लाख को लागतमा निर्मित पक्की पुल ५० मिटर लम्बाइ ७ मिटर चौडाइ रहेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, यातायात पुर्वाधार निर्देसनालय हेटौडाका सहदेब बहादुर भन्डारी, धादिङका प्रहरी प्रमुख महेन्द्र खड्का, स्थानीय राजनैतिक दलका प्रतिनिधि र स्थानीयहरुको सहभागीता रहेको थियो । हरित बागमती कार्याक्रम अन्तर्गत मंगलबारै मन्त्री फुँयालले दार्खाका स्थानीयहरुलाई विभिन्न बिरुवा उपहार समेत दिनु भएको छ ।

Facebook Comments