
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ७ सुकौरामा रहेको जनज्योती आधारभूत विद्यालयलाई विभिन्न सामाग्री वितरण गरेको छ ।
पाथ नेपालको समन्वयमा Help Rural नेपालले विद्यालयलाई सामाग्री सहयोग गरेको हो ।
संस्थाले विद्यालयलाई एक लाख नगदको साथमा ५ थान कम्प्युटर, १ थान साउण्ड सिस्टम, २ सय ओटा मास्क वितरण गरेको विद्यालय व्यवस्थापनि समितिका अध्यक्ष बसन्त दनैले जानकारी दिनुभयो ।
पाथ नेपालका अध्यक्ष सितलचन्द्र धरेलले आज एक कार्यक्रमका विच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त दनैलाई हस्तान्तरण गर्नुभएको हो ।