
न्याय सम्पादनको शिलशिलामा कानुनले मिल्ने सम्म मिलापत्रमा जोड दिन सर्वोच्च अदालतका न्यायधिश दिपककुमार कार्कीले बताउनुभएको छ । धादिङ जिल्ला अदातलको नवनिर्मित भवनको उद्घाटन गर्दै कार्कीले यस्तो बताउनुभएको हो ।
न्यायालयले मेलमिलापको माध्यमबाट पनि न्याय सम्पादन गर्न सकिने भएकोले यी सबै, प्रहरी, कानुन व्यवयायीहरुको सहकार्यबाट मात्र सम्भव हुने बताउनुभयो । यस्तै अदालत भनेको न्याय दिने ठाउ हो भन्दै कार्कीले न्याय सम्पादनको सम्पुर्ण जिम्मा अदालतको मात्र नभएर यसमा प्रहरी र कानुन व्यवसायीहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । न्याय सम्पादनको मुख्य पाटो भनेको खोज अनुसन्धान हो भन्दै नागरिक अधिकार हनन नहुने गरि न्याय दिनु नै न्यायालयको मुख्य धर्म भएको न्यायाधिष कार्कीले बताउनुभयो ।
कुनै निर्दोष व्यक्तिलाई शंकाको भरमा पक्राउ गरेर मुद्धा चलाउदा र म्याद थप गरि अनुसन्धान गर्दा एउटा व्यक्तिले धेरै दुख भोग्नुपर्ने भएकोले न्यायालयले यी कुरामा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो । दिपककुमार कार्की आवाज २
धादिङ जिल्ला अदालतको आत्याधुनिक सुविधा सहित नया भवन बनेको छ । २०७२ सालको भुकम्पपछि अधिकांश सरकारी कार्यालयको भवन पुननिर्माण भएको छ । जसअन्तर्गत ७ करोड ५२ लाख ९९ हजार ६ सय ५७ रुपैया लागतमा धादिङ जिल्ला अदालतको पनि नया भवन निर्माण भएको छ ।
भवनको सोमबार सर्वोच्च अदालतका न्यायाधिष दीपककुमार कार्कीले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्दै कार्कीले अदालतले नया भवनबाट नागरिकलाई छिटोछरितो ढंगबाट सेवा दिन आग्रह गर्नुभयो । पाटन जिल्ला अदालतका मुख्य न्यायाधिष डाक्टर कुमार चुडालको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ जिल्ला अदालतका न्यायाधिष, सांसद भुमित्रिपाठी, डाक्टर रामकुमार अधिकारी, पूर्व कानुन मन्त्री दिलमान पाख्रिन, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी ज्ञानबहादुर ढकाल, लगायत विभिन्न स्थानीय तहका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भवन उद्घाटनमा सहभागीहरुले अदालत भनेको न्याय दिने ठाउ हो भन्दै यत्ति गहन जिम्मेवारी प्राप्त गरेको न्यायालयले नागरिकलाई राजनीतिक दबाबबिना, छिटोछरितो ढंगले न्याय दिन आग्रह गरेका थिए । यस्तै जिल्लामा न्यायमा सहज पहुँचको लागि कर्मचारीहरुको क्षमता अभिवृद्धिमा पनि ध्यान दिन आग्रह गरेका थिए ।