मंसिर ९, धादिङ ।
पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण कार्य आज पनि जारी रहेको छ ।
आयोगले स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाकी रहेका तथा गएको भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकालाई मतदाता परिचयपत्र वितरण गरिने जिल्ला निर्वाचन अधिकारी ईश्वर सिंखडाले बताउनु भयो ।
त्यसैगरी भदौ ५ गते १८ वर्ष पूरा गरेका एंव नामावली सार्न र सच्याउन निवेदन दिएकाहरुलाई पनि आज नै मतदाता परिचयपत्र वितरणको व्यवस्था गरिएको उहाको भनाई छ । स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र लिइसकेकाले भने त्यहि परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको उहाले बताउनु भयो ।
परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिने भएकाले सकेसम्म मतदाता आफैं जानुपर्नेमा सिंखडाले जोड दिनुभयो । मतदाता परिचयपत्र लिन आफैं जान नसकने अवस्थामा घरको परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । भोली विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुदैछ ।