गोरखाको बारपाकमा भएको जीप दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । सात जना घाइते भएका छन् ।

लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते बजे दुर्घटना हुँदा बिचौरका दुईजनाको मृत्यू भएको उद्धारमा खटिरहेका स्थानीय टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।

जीप राङरुङको भीरबाट ६० मिटर तल दरौँदी खोलामा खसेको  छ ।

घटना बारे जानकारी पाउने बित्तिकै इप्रका जौबारीका इन्स्पेक्टरको कमाण्डमा जौबारी र प्रहरी चौकी बालुवाबाट टोली खटिएका जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिनुभयो ।

जीपमा ९ जना युवाहरु मात्र सवार रहेका स्थानीयले बताएका छन् ।

Facebook Comments