
पत्रकार महासंघ धादिङ शाखाको निर्वाचनमा रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माको प्यानल निर्वाचित भएको छ ।
बुधबार भएको निर्वाचनमा राजाराम शर्माको प्यानल नै विजयी भएको हो । १ सय ४१ मत खसेकोमा १ सय ३ मत ल्याई अध्यक्षमा राजाराम शर्मा, १ सय १ मत ल्याई उपाध्यक्ष पदमा सानुबाबु तिमिल्सीना, १ सय ४ मत ल्याई महिला उपाध्यक्षमा सरिता श्रेष्ठ, ८५ मत ल्याई सचिवमा रामबहादुर ठकुरी आशिष, ५७ मत सहित सह सचिवमा उपेन्द्र जमकट्टेल विजयी हुनुभएको छ ।
यस्तै सहसचिव खुल्ला तर्फ ९१ मत ल्याई राजाराम डंगोल, ८० मत ल्याई कोषाध्यक्ष पदमा शिव प्रसाद देवकोटा विजयी हुनुभएको छ । दुई प्रेस चौतारी, प्रेस संगठन र प्रेस मञ्च नेपाल गठबन्धन गरि राजाराम शर्माको प्यानल चुनावी प्रतिस्पर्धामा थिए । भने प्रेस यूनियन एक्लै प्रतिष्प्रर्धामा उत्रिएका थिए । प्रेस युनियनबाट अध्यक्षका उम्मेद्वार पोषनाथ अधिकारीले ३७ मत प्राप्त गर्नुभयो भने उपाध्यक्ष खुल्ला तर्फ नारायण बहादुर सिलवालले २४ मत प्राप्त गर्नुभयो ।
मत परिणाम हेर्नुहोस् :
