
धादिङमा सोमबार २ जनामा कोराना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने निलकण्ठ नगरपालिकाका ४० वर्षका पुरुष र २५ वर्षिया महिला रहेका छन् ।
यो सँगै धादिङमा सकृय संक्रमितको सख्या १० रहेका छन् । संकृय संक्रमित सबै जिल्ला बाहिर रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै स्वास्थ्य कार्यालय धादिङले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्न सबैलाई अनुरोध गरेको छ ।
कोरोनाको खोप लगाएका, नलगाएका सबैले सर्तकता अपनाउन आग्रह गरेको छ ।