प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले भोली वैशाख ४ गते कुनै पनि कार्यक्रम नरहेको जानाकारी गराएको छ ।

ओली समूहका पार्टी जिल्ला कमिटि धादिङका सचिव अर्जुन कुमार श्रेष्ठ गोर्खालीले विज्ञप्ती जारी गर्दै नेकपा एमालेको नाममा कुनै पनि भेला आयोजन नगरिएको र अरु कसैले आयोजना गरेको भेलामा नजान पनि भनेको छ । पार्टीको आधिकारिक सूचना विना भेलामा सहभागि नहुन जानकारी गराइएको छ ।

भेला आयोजना गर्ने र सहभागि हुने जोकोहि पनि नेता कार्यकर्तालाई पार्टी विधान बमोजिम कारवाही गरिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । भेला आयोजक पक्षले प्रधानमन्त्री ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई विर्सजनतिर लैजाने कामको नेतृत्व गरिरहेको आरोपसमेत लगाएको छ ।

यता नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले शनिबार धादिङमा समानान्तर कमिटी घोषणा गर्ने जनाएको छ ।

जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गरेर पार्टीको जिल्ला कमिटि र सबै जनवर्गिय संगठनको पनि जिल्ला कमिटि घोषणा गर्न लागेको समानान्तर कमिटिका प्रस्तावित अध्यक्ष शिवराज कंडेलले बताउनुभयो ।

Facebook Comments