धादिङमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण थप दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा निलकण्ठ नगरपालिका वडा नम्वर २ निवासी ८४ वर्षिय पुरुष र नीलकण्ठ नगरपालिका वडा नम्वर ३ निवासी ५३ वर्षिय महिला रहेका छन् ।

यो सँगै धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । धादिङ अस्पतालमा अक्सिजन अभावका कारण उहाहरुलाई नुवाकोट रिफर गरिएको थियो ।

Facebook Comments