उत्तरी धादिङको खनियाबास गाउपालिकाले अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ ।

गाउपालिकामा कोभिडका विरामीलाई अक्सिजन अभाव नहोस् भनेर अक्सिजन प्लान्ट निर्माण गर्न लागेको खनियाबास गाउपालिकाका अध्यक्ष रण बहादुर तामाङले जानकारी दिनुभयो । अक्सिजन प्लान्ट २० लाख लागतमा खनियाबास ग्रामीण अस्पताल दार्खामा निमार्ण गर्ने तामाङले बताउनुभयो ।

गाउपालिकाले निर्माण गर्ने अक्सिजन प्लान्ट कोरोना महामारीको समयलाई मात्र नभइ सधैंको लागि निर्माण गर्न लागेको अध्यक्ष तामाङले बताउनुभयो ।

Facebook Comments