
धादिङको नेत्रावती डबजोङ गाउँपालिका र गंगाजमुना गाउँपालिकाको विचमा पर्ने आँखुखोलाले बगाउदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका वडा नम्बर ३ मम्वैका श्रीमान श्रीमती रहेका छन् । आज विहान साढे ७ बजेको समयमा आँखु खोला तर्ने क्रममा श्रीमान् ६२ वर्षिय लुर बहादुर गुरुङ र श्रीमती ६० वर्षिया असारी माया गुरुङलाई खोलाले बगाउँदा मृत्यु भएको हो ।
दुवै जनाको शव खोला भन्दा २ सय मिटर तल पाखामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । १८ वर्षिय छोरा कविन गुरुङका अनुसार बुवा विरामी भएर उपचारको लागि बुवा आमा घरबाट निस्केको बताएका छन् ।