राष्ट्रपति र प्रधानमन्त्रीले संसदको विघटन गरी संविधानको मर्ममाथि आघात पु¥याएको भन्दै धादिङका चार राजनीतिक दलले सोमबार संयुक्त प्रेस वक्तव्य निकालेका छन् ।

नेपाली कांग्रेस धादिङ, नेकपा माओवादी केन्द्र, नेकपा एमाले धादिङ, जनता समाजवादी पार्टी नेपाल धादिङले आज संंयुक्त प्रेस वक्तव्य निकालेका छन् । नेपाली जनताले पटक–पटक गरेका कठोर आन्दोलन, संघर्ष र बलिदानबाट प्राप्त नेपालको संविधानमाथि संसद विघटन गरेर आघात पु¥याएको संंयुक्त प्रेस वक्तव्यमा उल्लेख छ ।

यतिखेर सिङ्गो राष्ट्र नै महामारीसँग जुधिरहेको समयमा देश र जनतालाई एकताबद्ध भएर अगाडी बढाउनुपर्ने समयमा एकाएक संसद विघटन हुनु राष्ट्रपति र प्रधानमन्त्री देश र जनताप्रति गैर जिम्मेवार भएको वक्तव्यमा उल्लेख गरिएको छ । प्रधानमन्त्रीको प्रतिगामी कदमबाट मुलुक नया राजनीतिक धु्रवीकरण र जटिलतातर्फ धकेलिएको उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा नेपालको संबिधानको धारा ७६(५) बमोजिम प्रतिनिधि सभाको बहुमत सदस्यबाट हस्ताक्षर सहित पेश गरिएको दावी अनुसार काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरि उल्टै बदनियत पूर्ण ढंगबाट संसद बिघटन गर्नु गैरसंबैधानिक कार्य भएको चार दलको ठहर छ । चार दलले जारी गरेको संयुक्त वक्तव्यमा गैरसंबैधानिक तरिकाले संसद बिघटन गरि घोषणा गरिएको निर्वाचन निरंकुश सत्ता लम्ब्याउने दुरासाय मात्र भएको उल्लेख गरेको छ ।

कोरोना महामारीमा राजनीतिक जगत र सिंगो मुलुकलाई एकताबछ रुपमा अगाडी बढाउनु पर्ने अबस्थामा प्रधानमन्त्रीले संसद बिघटन गरि गैह्र जिम्मेवार कार्य गरेको दलहरुको भनाई छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदमले देश र जनताले झन दुःखकष्टको सामना गर्नुपर्ने अबस्था सिर्जना भएको, बिज्ञप्तिमा भनिएको छ, ‘मध्यरातमा संसद बिघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको असंबैधानिक, अलोकतान्त्रिक, स्वयछाचारी, निरंकुस र प्रतिगामी कार्यको धादिङका हामी ४ राजनीतिक दल घोर निन्दा र भत्र्सना गर्दछौ ।’

त्यसैगरी मंगलबार ४ वटै राजनीतिक दलले धादिङबाट केन्द्रमा प्रतिनीधित्व गर्ने नेताहरु, स्थानीय तहका पार्टी प्रमुखहरु सहित सहभागी भर्चुअल बैठकबाट आगामी संघर्षका कार्यक्रमको निर्णय गर्ने नेपाली काँग्रेसका नेता बिकास श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments