निषेधाज्ञा यता जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु तथा साना उद्योग विकास कार्यालय धादिङले बजार अनुगमनलाई निरन्तरता दिईरहेको छ ।

बजार अनुगमनको १४ औं दिन  मंगलबार पनि धादिङवेशीं बजार लगायत आसपासका बजारमा अनुमगन गरेको छ । अनुगमन टोलीले व्यवसाय दर्ता, कर चुक्ता, अन्तशुल्क, खरिद र विक्रि मूल्य, मूल्यवृद्धिको अवस्था र म्याद गुज्रिएका सामानलाई प्राथमिकतामा राखेको छ । मंगलबारगरिएको अनुगमनमा धादिङबेसी बजार भन्दा बाहिर केहि व्यवसाय दर्ता नै नगरि सञ्चालन गरेको, तास बुक लगायत दर्ताको क्रममा उल्लेख गरेभन्दा बाहेकका सामाग्री पनि विक्रि गरेको, सामानहरुको उपभोग गर्ने म्याद गुज्रिएको पाइएको छ ।

अनुगमनका क्रममा गैर कानूनी काम गर्नेलाई प्रकृति हेरेर चेतावनी, जरिवाना र व्यवसाय शीलसम्मको कार्य भएको छ । ग्रामीण क्षेत्रका पसलहरुलाई धादिङबेसीका ठूला थोक विक्रेताले आधिकारिक विल जारी गर्ने नगरेको, सादा नगद÷उधारो बिल वा स्टमेट अर्डरमा सामानको दर राखी पठाउने गरेको पाइएको छ । यसमा लिला किराना पसल, सञ्जय किराना लगायतका विक्रेताहरु रहेको सामान खरिदकर्ताले बताएका छन् ।

व्यवसायीहरुलाई पारदर्शी बनाउन, उपभोक्ताहरुको स्वास्थ्यलाई ख्याल राखी व्यवसायीहरुलाई सचेत गराउन अुनगमन गरिएको अनुगमन टोलीले बताएका छन् । उपभोक्ताको हितको लागि अनुगमन गरिए पनि सामान खरिद गर्दा उपभोक्ता स्वयम् बढी सचेत हुन आवश्यक रहेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताउनुभयो ।

Facebook Comments