आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु बैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँदै छन् ।

निषेधाज्ञाका कारण चैत्य, गुम्बा, विहार लगायतमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने छ । गएको वर्ष पनि लकडाउनका कारण चैत्य, गुम्बा, विहारलगायतमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।

लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत ठाउँमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । कोरोनाको जोखिमका कारण अहिले यी ठाउँमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ । सरकारले बुद्धजयन्तीका दिन देशभर सार्वजनिक बिदा दिँदै आएको छ ।

बुद्ध जयन्तीका अबसरमा राष्ट्रपतिको शुभकामना 
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूतगौतम बुद्धको २५६५औँ जन्म जयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसा प्रेमी सम्पूर्ण नेपालीदिदीबहिनीतथादाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

विश्वले शान्तिकाप्रकाशका रूपमाउच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपालहुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै उहाँले बुद्ध जयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमालिनुपर्नेमा जोड दिनुभएको छ ।

शान्तिदूतगौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमाधार्मिक, सामाजिकतथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्व शान्तिकालागि समेत मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

सम्पूर्ण विश्वयले कोभिड–१९ कामहामारीबाट शीघ्रातिशीघ्र उन्मुक्ति पाउने आशाव्यक्तगर्दै राष्ट्रपतिले बुद्धजयन्तीका अवसरले नेपालीको राष्ट्रिय एकतालाई थपमजबुतबनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

 

बुद्ध जन्मस्थलबारेका गलत तथ्य कतिपय देशका पाठ्यक्रममा सच्याउनुपर्छ : प्रधानमन्त्री 
प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरेको भन्दै सच्याउन ध्यानाकर्षण गराउनुभएको छ ।

दुई हजार ५ सय ६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा एकसन्देश जारी गर्दै उनले उक्त आग्रह गर्नुभएको हो ।

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र मत्वपूर्ण रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

Facebook Comments