निलकण्ठ नगरपालिकाको वडा नम्बर ६ मैदानमा बुधबार दिउँसो ३ बजे बोलेरो दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

सुनोला बजारबाट रिजालथोक तर्फ जाँदै गरेको ग १ च ५१२४ नम्बरको बोलेरे बोलेरो गाडी सडकबाट २ मिटर तल खसेर दुर्घटना भएको हो ।

घाईते हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने ७३ वर्षका कुलबहादुर मल्ल, वर्ष ३३ की सकुनतला शाही, वर्ष २३ की सुजता मल्ल र बोलेरो चालक वर्ष ३८ का शम्भुनाथ रिजाल रहेका छन् ।

सामान्य घाईते ४ जनाकै सुनोला बजार स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments