नेपाल पत्रकार महासंघ धादिङले ५ शैयाको आईसोलेसन बेड बुधबारदेखी सञ्चालनमा ल्याएको छ ।

शान्ति नेपालले ५ वटा फोल्डिङ बेड सहयोग गरेसँगै बुधबारदेखी आईसोलेसन बेड संञ्चालनमा ल्याईएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले जानकारी दिनुभयो । कोठा भाडामा बस्ने पत्रकारहरुलाई लक्षित गरि आईसोलेसन सञ्चालनमा ल्याईएको पनि अध्यक्ष शर्माले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ धादिङले आफ्नै कार्यालय भवनमा आइसोलेसन सञ्चालनमा ल्याएको हो । महासंघले संचालन गरेको आइसोलेसनमा सामान्य स्वास्थ्य परामर्श नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले एक जना स्वास्थ्यकर्मी मार्फत सेवा दिने र मनोपरामर्श सेवाको लागि सहयात्री समाजले सहयोग गर्ने अध्यक्ष शर्माले बताउनुभयो ।

यस्तै गाह्रो अप्ठेरो भएको अवस्थामा धादिङ अस्पतालले संचालन गरिहेको अस्थाइ कोभिड १९ अस्पताल र धादिङ अस्पतालबाट सेवा दिने र अत्यावश्यक पर्दा अक्सिजनको व्यवस्थासमेत गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

Facebook Comments