
धादिङको थोपल खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
सोमबार विहान पौने २ बजेको समयमा करेन्ट लगाएर माछा मार्ने क्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित वृत्ताबेसीका २९ वर्षिय समिर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
घाईते मगरको उपचारको क्रममा धादिङ अस्पतालमा ३ बजे नै मृत्यु भएको उहाँले बताउनुभयो । निषेधाज्ञा जारीभएदेखी करेन्ट लगाएर,वम (गोला) समेतको प्रयोग गरी माछामार्ने कार्य बढेको छ ।