विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिनुभयो । ४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा हिजो कोरोना भने नेगेटिभ आएको थियो ।

थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो ।

Facebook Comments