धादिङको निलकण्ठ नगरपालिकाले प्रतिमिनेट ४० लिटर अक्सीजन उत्पादन गर्ने २ ओटा मिनि अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । २ ओटा मिनि अक्सिजन प्लान्टले प्रतिमिनेट ४० लिटर उत्पादन गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ३३ लाखको लागतमा अक्सीजन प्लान्ट सञ्चालनमा ल्याएको हो । अक्सीजन अभावकै कारण कोही पनि कोरोना संक्रमितले मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यले अक्सिजन प्लान्ट संञ्चालनमा ल्याएको नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले बताउनुभयो ।

नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गानाले वैशाख ३० गते जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा अक्सीजन प्लान्ट बनाउने प्रस्ताव गर्नुभएको थियो । अक्सिजन प्लान्टको उद्घाटन गर्नुहुँदै प्रमुख ढुङ्गानाले भौतिक विकास गर्नका लागि नभई नगरबासीको जीवन रक्षाको लागि नगरपालिकाले बजेट विनियोजनमा कुनैपनि कञ्जुस्याई नगर्ने बताउनुभयो ।

Facebook Comments