ओईलानी जग्गा आफ्नो नाममा गर्न फर्म नभरेको भन्दै स्थानियहरुले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय घेराउ गरेका छन् ।

२०४२ सालदेखि नै बसोबास गर्दै आएका चरौदी बजारका स्थानियबासिले ओईलानी जग्गा आफ्नो नाममा पाउँनुपर्ने माग राख्दै आएका छन् । वडाले पटक पटक वैठक बसेर टुङ्गो लगाउने भनिएता पनि सँधै आलटाल गर्ने गरेको स्थानियको भनाई छ ।

वडा कार्यालयबाट २३ गतेलाइ बोलाएको तर फेरि अहिले हुदैन वडा कमिटि बैठक हुन्छ अनि हामि बोलाउँछौ भनेपछि स्थानिय आक्रोसित बनेका थिए । वडा कार्यालयका कर्मचारी र स्थानिय विच एकछिन विवाद पछि फर्म भर्ने काम भने भएको छ । राज्यले वर्षाैदेखी बसोबास गरेकाहरुले सो जग्गामा दाबी गर्न पाउने भन्ने कुरा आएकाले आफुहरुले दावी गरेको मनोज डल्लाकोटीले बताउनुभयो ।

‘राज्यबाट त्यस्तो कुरा आएको सुन्छौं डल्लाकोटीले भन्नुभयो- कानुन, नियम अनुसार मिल्ने भए हामी किन दाबी नगर्ने ?’ तर वडा कार्यालयले मिल्दै नमिल्ने भन्दै हाम्रो कुरा सुनुवाई नभएकाले विरोध गर्नुपरेको डल्लाकोटीले बताउनुभयो । त्यस ओईलानी जग्गामा विं.सं. २०४२ सालदेखी २० घर परिवार बसोबास गर्दै आएका छन् ।

Facebook Comments