मंसिर १३, धादिङ-
चितवनको ईच्छामनकामना गाउँपालिकाको वडा नम्बर ४ चुम्लीङटारमा आज विहान सवा ९ बजे त्रिशुली नदिमा बस खस्दा ७ जनाको मृत्यु भएको छ । भने १५ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ४ पुरुष र ३ महिला रहेका छन् । काठमाण्डौंबाट अर्घखाँची तर्फ जाँदे गरेको लु २ ख २९१ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठोक्कीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागि चितवन मेडिकल कलेज तर्फ पठाईएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

घटना स्थलमा शसस्त्र प्रहरी, नेपाल प्रहरी , नेपाली सेना पुगेको छ । दुर्घटनाका घाइतेहरुको उद्धार कार्य जारी रहेको मुग्लिन प्रहरीले वताएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments