सरकारले मंगलबारबाट ६२ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई नोबेल कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ ।

मंगलबार धादिङमा पनि ५३ वटा खोप केन्द्रबाट ६२ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाइएको छ । धादिङ जिल्लाभित्र ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ५ हजार १ सय ७० जनालाई लक्षित गरि मंगलबारएकैपटक सबै स्थानीय तहका ५३ वटा खोप केन्द्रबाट खोप लगाइएको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार कार्यालयमा ६ वटा पालिकाहरुमा लगाइएको खोपको जानकारी प्राप्त भएको र त्यसमा १३ सय ४६ जनाले खोप लगाएका छन् । अन्य ७ वटा पालिकाबाट कति जनालाई खोप लगाइएयो त्यसको जानकारी आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङका उन्नती महर्जनले जानकारी दिनुभयो ।

केही खोप केन्द्रहरुमा खोप लगाउने व्यक्ति धेरै भएपछि साँझसम्म पनि खोप कार्यक्रम  चलिरहेकोले तथ्याङ्क आउन बाँकी रहेको महर्जनले बताउनुभयो । आज पहिलो चरणको भेरोसेल खोप लगाएकाहरुलाई २८ दिनपछि दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

 

Facebook Comments